AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरले थाल्यो शैक्षिक गुणस्तर सुधार अभियान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ बैशाख २०७५, शनिबार २१:४६
3
Shares
विराटनगर, १ बैशाख / विराटनगर महानगरपालिकाले सामुायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान थाल्ने भएको छ ।

महानगरका ५५ वटा सामुदायीक र १९ धार्मिक विद्यालयका प्रधानाध्यापकहरुसँग पटक पटक महानगरमा भएको छलफलमा शैक्षिक सुधार अभियान थाल्ने सम्झौता भएको हो ।

महानगरका सामुायीक विद्यालयका प्रधानाध्यापकहरुले प्रत्येक हप्ता कम्तिमा दुईवटा कक्षा अवलोकन गरी पृष्ठपोषण गर्नुपर्ने, ५० प्रतिशत बढि सिकाई उपलब्धी भएका विद्यालयले गत बर्ष भन्दा कम्तिमा ३ प्रतिशतले सिकाई उपलब्धी बृद्धि गर्नुपर्ने, शिक्षकलाई आफ्नो घण्टीमा पूर्ण समय कक्षामा रहने ब्यवस्था मिलाउनुपर्ने, विद्यालय सञ्चालनको समय सम्म हुनुपर्ने, विद्यालयको बार्षिक कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्ने र विद्यालय सुधार रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने भद्र सहमति भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । उनले केही सामुायीक विद्यालयमा अङ्ग्रेजीमा पठन पाठनलाई प्रभावकारीरुपमा अगाडी वढाइने , सुचना र मनोरञ्जन सहित बालवालिकालाई पठन पाठन गर्ने व्यवस्था मिलाउन ,शिक्षालाई गुणस्तरिय र अन्तराष्ट्रिय स्तरको बनाउन आफु लागी परेको वताए ।

यस्तै बैशाख १५ गतेसम्म भर्ना अभियान चलाइने भएको छ । यसका लागी शिक्षक ,जनप्रतिनीधि सवै खट्ने छन् । विद्यालयका सबै शिक्षक कर्मचारीलाई उनीहरुको क्षमता र रुची अनुसार विद्यालयको विभिन्न कृयाकलापहरुमा सहभागी वनाउन पनि पहल गरिने महानगरका प्रमूख शिक्षा अधिकृत रुद्र दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर