AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश सरकारले मेरो बर्ष २०७५ घोषणा गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०७४, बिहीबार २०:४४
3
Shares
विराटनगर, २९ चैत / स्वस्थ्य प्रवद्र्धनका लागि प्रदेश सरकारले मेरो बर्ष २०७५ नाम नामक सचेतना मुलक अभियान संचालन गर्ने भएको छ ।

सामाजिक विकास मन्त्रालयले नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत कार्यक्रम आयोजना गर्न लागेको हो । आज सामाजिक विकास मन्त्रालयमा बसेको मन्त्रालयको बैठकले बिभिन्न ८ प्रतिबद्धताहरु सार्वजनिक गर्दै ति प्रतिबद्धताहरु घोषणाको लागि बिभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

स्वास्थ्य प्रति जिम्मेवार समृद्धीको आधार भन्ने मुल नाराका साथ नयाँ बर्ष २०७५ बैशाख १ गते परोपकार धाममा बिहान योग शिविर सञ्चालन गर्ने र कोशी अञ्चल अस्पताल चौकमा वातावरणिय सरसफाई सचेतना संचालन गर्ने लगायत मेरो बर्ष अभियान घोषणा शुभारम्भ सामाजिक विकास मन्त्रालयबाट गरिने कार्यक्रम सार्वजनिक गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

योग शिविरको प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङ, वातावरणीय सरसफाई अभियानको सामाजिक विकास मन्त्री जीवन घिमिरे र मेरो बर्ष अभियानको घोषणा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको छ । त्यस्तै ट्राफिक सुरक्षा सचेतना कार्यक्रम समेत संचालन गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले स्वास्थ्य प्रति जिम्मेवार रहनको लागि मेरो बर्ष घोषणाका लागि ८ वटा प्रतिबद्धता सहितको घोषणा सार्बजनिक गरेको छ । म तनाव रहित जीवन व्यतित गर्छु, म ट्राफिक नियमको पालना गर्छु, म आफ्नो घर र समुदाय सफा राख्छु, म रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु लगायतकधा प्रतिबद्धतामा सबैको ऐक्यबद्धता खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर