AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुरमा वार्षिक उत्सव सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०७४, बिहीबार १३:५९
3
Shares
विराटनगर, २९ चैत/ विराटनगर – १० मा रहेको कानितपुर सेकेन्डरी स्कूलले तेस्रो वार्षिक उत्सव मनाएको छ ।

स्कूलले विराटनगरमा विहीबार विविद्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । स्कूलले आन्तरीक परिक्षा तथा आन्तरीक ख्लकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार तथा पमाणपत्र वितरण गरेको छ । साथै उत्कृष्ट हुने विद्यार्थीका अभिभावकलाईसमेत मायाको चिनो दिएर सम्मान गरेको छ ।

कर्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी वार्षिक उत्सवमा उपस्थीत सबैलाई मनोरञ्जन दिए ।

कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. तेजनारायण मण्डल,स्कूलका प्रिन्सिपल सन्तोष भगत, भाइस प्रिन्सिपल देविलाल महतो, सञ्चालकहरु रोशन राजवंशी र शंकर काप्mलेलगायतले बोलेका थिए । कान्तिपुर एजुकेशन फाउण्डेशन प्रा.लिका अध्यक्ष रञ्जन कार्कीको सभापतित्वमा वार्षिक उत्सव सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर