AArya
RUMPUM
animated ellipse animated ellipse

प्रेमिकाको हत्या प्रयास गर्ने प्रेमी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७४, शुक्रबार २१:५३
3
Shares
विराटनगर, २३ चैत / प्रमिकाको हत्या प्रयास गर्ने प्रेमीलाई मोरङ प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । फागुन २६ गते ३० वर्षीय सुनिया मुसहरलाई बेलवारी नगरपालिका–१० भाउन्नेको जंगलमा हत्या प्रयास गर्ने प्रेमी अजय झा पक्राउ परेका हुन् ।

गत फागुन २६ गते मुसहर बेलबारी नगरपालिका वडा नं. १० मा रहेको भाउन्नेको जंगलमा बेहोस अवस्थामा भेटीएकी थिइन् । उनलाई तत्काल इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलिले बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पठाएको थियो ।

उपचार पश्चात ती महिलाको होस खुलेपछी सोधखोज गर्दा घटनाको रहस्य खुलेको थियो । सुनसरी बराह नगरपालिका वडा नं. ७ बस्ने सोमनी भन्ने सुनियाका श्रीमान ७ वर्ष अगाडी दोस्रो बिवाह गरी हिडेपछि होटलमा भाँडा माझ्ने काम गर्दै आएकी थिइन ।

उनलाई सोही ठाउँका २३ वर्षका अजय झाले विवाह गर्छु भन्दै पटक पटक जबरजस्ती करणी गर्दै आएको कारण उनको पेटमा गर्भ रहेपछी सुनियाले मलाई स्वीकार गर भन्दा अजय झाले सन्तोष तामाङको सहयोगमा मोटर साईकलबाट झापा दमकमा डेरामा राख्छु भन्दै भाउन्नेको जंगलमा लगेर ज्यान मार्ने उद्देश्यले कुटपिट लछारपछार गरी घाँटीमा सलले थिचेर अचेत अवस्थामा जंगलमा फालेर भागेका थिए ।
उनलाई प्रहरीले उद्धार गरि उपचार गरेको थियो । सोही क्रममा उनको गर्भमा रहेको बच्चाको फागुन ३० गते गर्भमै मृत्यु भएको थियो ।

सुनियाको बाबु डोमा मुसहरले ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दरखास्त दिएको पछी मोरङ प्रहरी र ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा बिहिवार विराटनगर १३ कोशी प्रजेक्ट एरियामा लुकी छिपी हिडडुल गर्दै गरेको अवस्थामा झालाई पक्राउ गरी ज्यान मार्ने उद्योग, जबरजस्ती करणी र गर्भपतन अन्तरगत म्याद थप भई थप अनुसन्धान भैरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर