खबर पूर्वाञ्चल
भारतबाट ठुला–ठुला कुखुरा फर्मका अण्डाको अगाडी मझौला कुखुरा व्यवसायीहरुको अण्डाले उचित मुल्य नपाउँदा व्यवसायीनै संकटमा परेका नेपाल अण्डा उत्पादक संघ मोरङका अध्यक्ष विनोद अधिकारीले जानकारी दिए । समितीका २० जना व्यवसायीले हस्ताक्षर गरेर मुख्य मन्त्री राईलाई ज्ञापन पत्र बुझाएका छन् । कुखुरा व्यवसायीको लगानी डुक्ने अवस्थामा रहेकोले मझौला कुखुरा व्यवसायीहरुको मागलाई सम्बोधोन गर्न माग गरेका हुन् ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले कृषि र कृषकलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट ल्याउने आश्वासन दिए। उनले कृषकलाई दिइनुपर्ने सहुलयत, बजार व्यवस्थापन, अनुदान लगायतका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए ।