AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मञ्जुल मितेरीको ‘आज मेरो साथीले’ बोलको गीत सार्वजनिक (भिडियो सहित )

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७४, सोमबार २१:५७
3
Shares
उर्लाबारी, १९ चैत्र । मोरङ उर्लाबारीका मुर्तिकार मञ्जुल मितेरीको स्वरमा रहेको ‘आज मेरो साथीले’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक मितेरीकै शब्द अनि संगीतमा रहेको उक्त गीत आज सार्वजनिक गरिएको हो । पछिल्लो समय जापानमा बस्दै आएका उनले नेपाल आएको अवसर पारेर गीतको स्टुडियो भिडियो छायाकंन गराएका हुन् । इटहरीको कोशी भिजनमा छायाकंन गरिएकोे भिडियोमा गायक मन्जुललाई गीत गाउँदै गरेको भेटिन्छ ।

विदेशी भूमीमा पसिनाको धारा बगाईरहेका तमाम नेपालीका दुःख, वेदनालाई आत्मसाथ गर्दै आफू नेपाल रहदाँ नै गीतको रचना गरेको मितेरीले बताए ।

देशभक्तिले ओतप्रोत गीतमा विदेशमा रहेका नेपालीलाई स्वदेशमा पनि पसिना बगाए मोती फुलाउन सकिने प्रेरणा दिएका छन् । विश्वका जुनसुकै देशमा पुगेपनि नेपालीलाई आफ्नो देश नेपाल नै प्यारो लाग्ने भाव गीतमा रहेको छ ।

विगत २ वर्षदेखि जापानमा रहेर विश्वकै ठूलो बुद्धको मुर्ति निर्माणमा जुटिरहेका मितेरी मूर्तिकलासँगै साहित्यमा पनि सक्रिय छन् । उनले अर्काको देशमा पुस्तकसमेत प्रकाशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर