खबर पूर्वाञ्चल
मुख्यमन्त्रीको कार्यालयमाआज पुगेको टोलीले जुट मिल्स संचालक समितिले विभिन्न नाममा जुटमिलको सम्पत्तीको दोहन गरिरहेको भन्दै जुटमिल बताउन प्रदेश सरकारलाई आग्रह गरेको हो ।
जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द संञ्जेलले जुटमिलमा रहेको सरकारी शेयरमा घोटला गरेको बताए । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शेरधन राईले आफूले पनि जुटमिलको विषयमा चासो दिइरहेको बताए । आफू अध्ययनको क्रममा रहेको कारण यसबारे बुझेर छिट्टै निर्णय लिइने उनले बबताए ।
जुटमिलको शेयर विवाद चर्चामा रहेको छ । जुटमिलका अध्यक्ष बसन्त वन र कार्यकारि निर्देशक निलहरि काफ्लेको कार्यकालमा गत मंसिरदेखि साढे ३ महिनासम्म जुटमिल चलेको थियो । अहिले भने जुटमिल बन्द अवस्थामा रहेको छ ।