AArya
RUMPUM
animated ellipse animated ellipse

१२ बुद्धे घोषणा पत्र जारी गर्दै सकियो प्रदेश भेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७४, शुक्रबार १७:३४
3
Shares
विराटनगर, २ चैत / एक नम्बर प्रदेश स्तरीय तीन दिने महिला भेला १२ बुद्धे घोषणा पत्र जारी गर्दै आज विराटनगरमा सकिएको छ ।

प्रदेश १ मा पर्ने १४ जिल्लाका स्थानिय तहका महिला जनप्रतिनिधि तथा महिला मानव अधिकार रक्षकहरुको भेलाले विभिन्न १२ बुद्धे घोषणा पत्र जारी गर्दै महिला भेला सकिएको हो ।

घोषणा पत्रमा सबै प्रकारका हानिकारक प्रथालाई अपराधको रुपमा ग्रहण गरी त्यस्ता सबै खाले अपराध अन्त्य गर्ने छाता कानूनको निमार्ण गरी स्थानीयस्तर देखि राष्ट्रिय तहसम्म रणनीति बनाइ लागू गर्ने, महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चताका लागि आवश्यक नीति निमार्ण गरि स्वास्थ्यलाई पूर्ण रुपमा परिभाषित गर्दै यौनिकता र महिलाको स्वास्थ्यलाई प्रभाव पार्ने सबै प्रकारका विभेदपूर्ण व्यवहारको अन्त्य गर्ने घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महिलाको समानुपातिक, समावेशी, संलग्नता सहितको निर्णायक नेतृत्व अभ्यासका लागि विशेष योजना कार्यक्रम निमार्ण र कार्यान्वयन गर्न सहकार्य र नेतृत्व गर्ने लगायतको विषयहरु घोषणा पत्रमा समावेश गरिएको छ ।

तीन दिनसम्म सञ्चालन भएको भेलाले आठ बुद्ध आचारसंहिता समेत बनाएको छ । महिलाविरुद्ध हुने सबै प्ररकारका हिंसा र विभेदका घटनाहरुप्रति शुन्य सहनशिलताको वातावरण तयार गर्दै स्थानीय तहलाई महिला हिसांमुक्त बनाउन महिलाको लागि पहुँचयुत्तः सहयोगी संयन्त्रहरुको निमार्ण सहित महिलालाई आत्मनिर्भर बनाउन प्रतिवद्ध हुनेलगायतको विषयहरु समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर