पूर्वाञ्चल खबर
पालो आयो बेहुलीका बुबाको । उनले बर र बधु अर्थात् छोरी–ज्वाईलाई आफैंले लेखेको ‘विवाह सम्बन्धको आधुनिक रुप’ हस्तान्तरण गरे ।

परम्परागत विवाहमा जस्तो उक्त विवाहमा जन्ती पर्सने, गोडा धुने, कन्यादान दिने, ब्राम्हण पढाउने खालका कुनै पनि काम गरिएन । त्यति मात्रै होइन बरबधुलाई शुभकामना दिइरहँदा नगद वा जिन्सी उपहारलाई नल्याउन आग्रह गरिएको थियो । समारोहमा नगद दिन खोज्नेलाई यादवद्वारा लेखिएको सोही पुस्तक खरिद गर्न आग्रह गरियो र नगदलाई अस्वीकार गरियो ।
नयाँ शक्तिका नेता रामरिझन यादवकी छोरी शिखाकिरण यादव र सुनसरी इनरुवाका धिरज भट्टराईबीचको विवाह समारोह दाइजो विरोधी मात्रै रहेन नयाँ सामाजिक मूल्य स्थापित गर्ने प्रयास पनि भयो ।
विराटनगरको वीरेन्द्रसभा गृहमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन पारेर आयोजित विवाह समारोह अलिक फरक र सन्देशमुलक रहेको संस्कृतिकर्मीले बताए ।
विवाह समारोहमा उपस्थित चिन्तक तथा विश्लेषक सिके लालले आधुनिकताको क्रममा समाजलाई सक्ने खालका विवाह भइरहेको सन्दर्भमा भएको शिखाकिरण र धिरेन्द्रको जस्तो विवाहले त्यसलाई रोक्न सक्ने बताए ।
यसैगरी मधेश र पहाड वा त्यो जाति उ जाती भन्ने विषयमा भइरहेको विभेदपूर्ण विषयलाई यस्ता खालका अन्तरजातिय विवाह समारोहले निरुत्साहित गर्नसक्ने विश्लेषक लालको भनाइ छ ।
बामपन्थी परिवारबाट हुर्केको कारण आफूलाई प्रगतिशिल विवाह गर्ने सोच रहेको बताउँदै बेहुली शिखाकिरण यादवले यसखालको विवाहले दाइजो विरुद्ध सचेतना जगाउने बताइन् । ‘प्रेम विवाहले दाइजोलाई निरुत्साहित गर्छ भने यसखालको प्रगतिशिल विवाहले झनै त्यसलाई इन्कार गर्दछ,’ उनले भनिन् ।
विवाह समारोहकै अवसरमा रामरिझन यादवले सम्पादन गरेको ‘विवाह सम्बन्धको आधुनिक रुप’ नामक पुस्तक यादवकी ९० वर्षीय आमा जरियादेवी यादवले लोकार्पण गरेकी थिइन् । पुस्तकमा आधुनिक र प्रगतिशिल विवाहको बारेमा उल्लेख गरिएको छ ।