खबर पूर्वाञ्चल
लियो क्लब अफ बिराटनगर इनोभेटिभको आयोजनामा न्युरो अस्पतालको मुख्य प्रायोजनमा लेडी रोड रन २०१८ आयोजना भएको हो । सो क्रममा इनोभेटिभले बिभिन्न व्यक्तिहरुबाट मोटिभेषन सम्बन्धी तालिम पनि आयोजना गरिएको थियो ।
तालिमलाई डा.बिरेन्द्र बिस्ट ,डा. संदेश दास श्रेष्ठ , डा. रेनुका राठी , कैलाश खाकी श्रेष्ठ लगायतले शहजीकरण गरेका थिए । बिराटनगर – ६ स्थित मेरिल्याण्ड कलेजमा भएको कार्यक्रममा खानाको स्टल, डान्स ,बिट बक्सलगायतको पनि कार्यक्रम रहेको क्लवकी अध्यक्ष सिमरन श्रेष्ठले जानकारी दिइन ।