खबर पूर्वाञ्चल
विश्वकपमा छनोट मात्र नभए पनि कम्तीमा एकदिवसीय मान्यताको बाटो सहज बनाउन नेपाललाई स्कटल्याण्डविरुद्धको खेल जित्नु पर्नेछ । समूहचरणमा शीर्ष तीनभित्र रहेर सुपर सिक्स चरणमा पुग्नका लागि भने नेपाललाई जित्नै पर्ने दबाब रहनेछ ।
स्कटल्याण्डविरुद्धको खेल जिम्बावेको बुलावायोमा रहेको क्वीन्स स्पोर्ट क्लबको मैदानमा दिउँसो सवा १ हुनेछ । जुन मैदानमा नेपालले घरेलु टिमसँग १ सय १६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
पहिलो खेलमा पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको अफगानिस्तानमाथि ७ विकेटको सानदार जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको स्कटल्यान्डले दोस्रो खेलमा पनि हङकङलाई सजिलै पराजित गरेको छ । पहिले ब्याटिङ गरेको हङकङलाई स्कटल्यान्डले ९१ रनमै अलआउट गरेको थियो । यद्यपी झिनो लक्ष्य भएपनि स्कटल्यान्डले ६ विकेट गुमाएर पार गरेको थियो ।
अफगानिस्तान विरुद्धको खेलमा नटआउट १ सय ५७ रन प्रहार गरेका कोलुम म्याकलियोर्ड स्कटल्यान्डका भरपर्दा ब्याट्सम्यान हुन् । स्कटल्याण्डविरुद्धको खेल जिम्बावेको बुलावायोमा रहेको क्वीन्स स्पोर्ट क्लबको मैदानमा दिउँसो सवा १ हुनेछ । जुन मैदानमा नेपालले घरेलु टिमसँग हार ब्यहोरेको थियो । हङकङलाई ९१ रनमा रोक्नका लागि टम सोलले १० ओभरमा ५ मेडन राख्दै १५ रन खर्चिएर ४ विकेट विकेट लिएका थिए । नेपालविरुद्ध यी दुई खेलाडी ठूलो चुनौति हुन सक्छन् ।
अर्को तर्फ स्कटल्यान्डले सुरुवातै दुवै खेल सहज रुपमा जितेको थियो। ब्याटिङतर्फ मध्यक्रम राम्रोसँग चल्नु र दुवै खेलमा फरकफरक बलर चम्कनु स्कटल्यान्डको बलियो पक्ष हो ।
पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपालले चार दिन आराम गरेपछि दोस्रो खेल आज खेल्दैछ । पहिलो खेलमै टेस्ट मान्यता प्राप्त टिमसँग प्रतिस्पर्धा गरेको नेपालले बलिङ अपेक्षाकृत गर्न नसकेको पनी ब्याटिङमा भने नेपालले सुदृढ प्रदर्शन गरेको थियो । खेलमा आरिफ शेख र सरद भेषावकरले अर्धशतक प्रहार गरेका थिए ।
हेड टु हेड
हेड टू हेडमा स्कटल्याण्डविरुद्ध नेपालको यसअघिका प्रदर्शन राम्रो छैन । स्कटल्याण्डसँगको पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ । तीन वटै खेलमा नेपालले पराजय भोगेको छ ।
सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। न्युजिल्यान्डको क्विन्सटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ७ विकेटको क्षतिमा २ सय ४९ रन जोडेको थियो । २ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले १ सय ५९ रन मात्र बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३४ रन जोडेका थिए।
सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए । स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भएको थियो ।
पहिलो खेलमा स्कटल्यान्डले नेपालमाथि ३ रनको झिनो अन्तरको पराजित गरेको थियो । ३६ ओभरमा छोट्टाएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २ सय ३५ रन जोडेको थियो । जवाफमा नेपालले ५ विकेटको क्षतिमा २ सय ३२ रन मात्र जोड्न सक्यो । खेलमा नेपालका ओपनर अनिल मण्डलले शतक र कप्तान पारस खड्काले ७० रन जोडे पनि जित निकाल्न सकेन ।
दोस्रो खेलमा नेपाल ९ विकेटले पराजि भयो । पहिले ब्याटिङ गरेको नेपाल १ सय ६७ रनमा खुम्चिएको थियो । खेलमा नेपालका लागि शरद भेषावकले सवैभन्दा बढी ३० रन जोडेका थिए । वर्षाले प्रभावित खेलमा स्कटल्यान्डका लागि १ सय ११ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य स्कटल्यान्डले १ विकेटको क्षतिमा पार गरेको थियो ।
प्लेयर्स टु वाच
सन्दीप लामिछाने – नेपाल
१७ वर्षीय सन्दीप लामिछानेलाई आइसिसीले विश्वकप छनोटको हेर्न लायक १० स्टार खेलाडी सुचिमा राखेको थियो । आइपिएल र सिपिएलमा छनोट हुँदै पछिल्लो एक महिना विश्व क्रिकेटमा तहल्का मच्चाएका सन्दीपको स्पिन आक्रमण जिम्बावेमा प्रभावकारी बन्ने आशा गरिएको छ । दुई साताअघि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा १७ विकेट लिएका सन्दीप म्याच अफ दि सिरिज बनेका थिए । दुई वर्षअघि नेपाली टिममा डेब्यु गरेका सन्दीपले लिस्ट ’ए’ का १६ खेल खेल्दै ३० विकेट लिइसकेका छन् ।
कोलुम म्याकलियोर्ड – स्कटल्यान्ड
स्कटल्यान्डका मध्यक्रमका ब्याट्सम्यान कोलुम म्याकलियोर्डले अफगानिस्तान विरुद्धको पहिलो खेलमा सानदार शतक प्रहार गरेका थिए । उनले १ सय ४६ बलमा नटआउट १ सय ५७ रन जोडेपछि स्कटल्यान्डले अफगानिस्तानमाथि सहज जित हात पारेको थियो । खेलमा उनले २३ चौका र १ छक्का प्रहार गरेका थिए । एकदिवसीय खेलका नम्बर एक बलर रसिद खानमाथि लगातार हाबी देखिएका २९ वर्षीय कोलुमले ५१ एकदिवसीय खेल खेलिसकेका छन् । जसमा उनले ६ शतक र ५ अर्धशतक प्रहार गरेका छन् ।