AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा म्याराथुन दौड हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०७४, मंगलवार १९:०७
3
Shares
विराटनगर, २२ फागुन/ विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिर स्कूल बुधबार म्याराथुन दौडको आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवस तथा स्काउट फ्रेन्डशीप क्याम्पको पूर्वसन्ध्या पारेर आयोजना गरिने दौड १.४ किमीको हुने स्कूलका प्रिन्सिपल धिजनबाबु काप्mले बताए । सो दौडमा स्कूलमा ९१ जना विद्यार्थीहरु सहभागी हुने स्कूलले बताएको छ । म्याराथुन दौडमा ट्राफिक प्रहरीसँगै जिल्ला स्काउट मोरङ तथा केभिएम स्काउट टु्रपले परिवहन सहजता प्रदान गर्ने तथा रेडक्रस जिल्ला समिति मोरङले प्राथमिक उपचारको व्यवस्था मिलाएको स्कूलका प्रिन्सिपल काफ्लेले बताए ।

विद्यालयका एकेडेमीक निर्देशक राजेशकुमार दासले विद्यार्थीहरुको शारीरिक मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिई म्याराथुन दौडको आयोजना गरिएको बताए । विद्यालयले दौड पश्चात विभिन्न साँस्कृतिक कार्यक्रमहरुलगायत फुड फेस्टिवलको आयोजना गरीने निर्देशक दासले जनाए । त्यसैगरी जिल्ला स्काउट मोरङको संयोजनमा स्कूलको स्काउट टु्रपले यही फागुन २४ गतेदेखि २६ गतेसम्म संध्याकालीन क्याम्पफायर सहितको त्रिदिवसीय स्काउट फ्रेन्डशीप क्याम्पको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर