RUMPUM
animated ellipse animated ellipse

पथरीशनिश्चरे घरेलु तथा साना उद्योगमा ढकाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०७४, सोमबार १६:५८
3
Shares
गोपाल काफ्ले
पथरी, २१ फागुन /ब्यापारीहरुको हक हितमाका लागि मोरङको पथरीशनिश्चरेमा घरेलु तथा साना उद्योग समिती गठन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय समितीको सहकार्यमा नगर भेला सम्पन्न भएको हो । पथरी उद्योग बाणिज्य संघको सभाहलमा आज भएको पहिलो भेलाले तुलसी ढकालको अध्यक्षतामा १३ सदस्य समिती गठन भएको छ ।

त्यस्तै उपाध्यक्ष सर्वलाल राई, सचिव नरेश घतानी, सहसचिव गुरुप्रसाद दाहाल, कोषाध्यक्ष प्रेमप्रसाद सुवेदी, चयन भएका थिए ।

घोषित सदस्यहरुमा सबित्रा राजभण्डारी, चन्द्र खडका, चन्द्र शाह, घनश्याम गिरि र आई. बि. राई चयन भएका छन् । त्यस्तै भेलाले ५ सल्लाहकार समिती समेत चयन गरेको छ । जस्मा जिवन दङ्गाली, जगनाथ गुप्ता, ईश्वरी घिमीरे, बिरध्वज सिव रहेका छन् । नव नियुक्त कार्य समितीलाई प्रमुख अतिथी नेपाल घरेलु तथा साना उद्योग केन्द्रीय अध्यक्ष नरेन्द्र हुमगाईले सपथ खुवाए ।

कार्यक्रम नेपाल ट्रेड युनियन महासघका महासचिव तुलसी ढकालको सभापतित्वमा सम्पन्न भएको थियो भने पथरीशनिश्चरेका ब्यवसायी सर्वलाल राईले स्वागत मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर