खबर पूर्वाञ्चल
संसद भवनमा आयोजित विशेष समारोहमा उनेहरुलाई राष्ट्रिय जनता पार्टीका अध्यक्ष एवं सांसद महन्थ ठाकुरले सपथ ग्रहण गराएका हुन् । सांसद सपथ गराउँनु पहिले ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका थिए ।
प्रहरीको खोजीको सूचीमा रहेका एमाले सांसद नवराज सिलवालले पनि सपथ खाएका छन् । उनी एमाले नेता माधवकुमार नेपालको गाडीमा चढेर संसद भवन पुगेका थिए । सपथपछि लोगोलगाएर सांसदहरु सपथ जलपानमा सरिक भएका थिए ।
सपथ ग्रहण समारोहमा विभिन्न जाति तथा जनजातिको भेषभुषामा सजिएर सांसदहरु आएका थिए। थुनामा रहेको कारण कैलालीबाट निर्वा्चित सांसद रेशम चौधरीले भने सपथ लिन पाएनन् । उनी कारागारमा छन् ।