RUMPUM
animated ellipse animated ellipse

वीएफएममा होली मिलन कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७४, बुधबार २२:१०
3
Shares
विराटनगर, २९ फागुन /विगतका वर्षहरु झैँ यस वर्ष पनि विएफएम ९१.२ ले आज होलि मिलन कार्यक्रमको आयोजना गरेको छ ।

एफएम कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थीति रहेको छ । सो अवसरमा शुभकामना आदान प्रदान गरिनुका साथै एक आपसमा अविर दलेर होलि मनाइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मोहन भण्डारीले विएफएमले वर्षेनि सामाजिक दायीत्व समेत निर्वाह गरिरहेको बताउँदै सरकारले एफएम रेठियोहरुको समेत वर्गिकरण गरि सेवा सुविधा दिनु पर्ने बताए । कार्यक्रममा विएफएम ९१.२ का कार्यकारी निर्देशक डा. सन्देश दास श्रेष्ठले पत्रकारहरुलाइ व्यवसायीक पत्रकारिताको विकासमा लागि पर्न आग्रह गरे । डा. श्रेष्ठले पत्रकारहरुले आफु कार्यरत सञ्चार माध्यमको विकाश र उत्थानमा पनि लाग्न सुझाव दिए । हालि मिलन कार्यक्रममा गायक सुमित खड्काले विभिन्न गित संगितबाट मनोरन्जन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर