AArya
RUMPUM
animated ellipse animated ellipse

जनचेतना गोष्ठी सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७४, मंगलवार १९:२८
3
Shares
बिराटनगर, १५ फागुन / परोपकार अभियान समूह र सामुदायिक प्रहरी सेवा संघ बिराटनगरको आयोजनामा महिला सशक्तीकरणलाई सहयोग पुर्याउने उद्देश्यले वैदेशिक रोजगारमा नेपाली महिलाहरुको लागि जनचेतना नामक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र बिराटनगरकी अध्यक्ष मीना जोशीको अध्यक्षतामा भएको गोष्ठीका प्रमुख अतिथि मोरङ प्रहरी प्रमुख नायब निरीक्षक अरुणकुमार बिसीले यस कार्यक्रमले जनचेतना फैलाउन उपलब्धि मुलुक रहेको बताए । परोपकार अभियानका उपाध्यक्ष सोमराज कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

गोष्ठीको सहजीकरण ओरेक बिराटनगरकी कार्यक्रम प्रस्तोता शोभा बजगाईं , सुमन कार्कीलगायतले सहजीकरण गरेका थिए । सचेतना प्राप्त भए पछी अलिकति मात्र सजगता अपनाएको खण्डमा वैदेशिक रोजगारीमा जाने जो कोहीले पनि दुस्ख पाउनु नपर्ने कुरामा आफू विश्वस्त भएको बजगाईंले बताइन् । कार्यक्रममा बिराटनगर महानगर पालिकाका वार्ड नं.१,२ र ३ का १ सय ५० जना महिला प्रशिक्षार्थीलगायत महिलाहरुको उपस्थिति रहेको कार्यक्रमकी संयोजक इन्दु सुवेदीले जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर