AArya
RUMPUM
animated ellipse animated ellipse

निजि विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिनु पर्छ–मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०७४, शुक्रबार १९:२९
3
Shares
विराटनगर, ११ फागुन/प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकार मार्फत बन्ने शिक्षा निती निर्माण गर्दा आफूले निजी क्षेत्रसँग मितेरी सम्बन्ध गास्न चाहेको बताएका छन् ।

चिनो साटासाट गरेर कायम हुने मितेरी सम्बन्ध दिर्घकालसम्म रहने भन्दै त्यस्तै लेनदेन गरेर शिक्षा निती बनाउने पक्षमा आफू रहेको बताए । उनले भने,‘ म शिक्षा निती, ऐन कानून निर्माण गर्दा निजी क्षेत्रसँग मितेरी सम्बन्ध गाँस्न चाहन्छ, के के दिन सक्ने हो, तपाईहरु तयारी गर्नु होस् ।

निजी विद्यालय र अभिभावकबिचको दुरी घटाउने विषयमा आफू गम्भिर हुने बताएका मन्त्री घिमिरेले निजि विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने तर्फ अग्रसर हुनु पर्नेमा जोड दिए । सरकारले निजी विद्यालयहरुमाथि अंकुश लगाउला कि भन्ने भयमा नबस्न भन्दै मन्त्री घिमिरेले भने,‘ निजी विद्यालयको साइज घटाएर हैन सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्नु पर्छ, यहि मेरा लागि चुनौति हो ।’ सरकारी विद्यालयको गुणस्तर बढाउँदा निजीलाई कुनै असर नगर्ने जिकिर गर्दै मन्त्री घिमिरेले भने, प्रतिष्पर्धामा जान सक्नुपर्छ ।

आज साँझ शिक्षा मन्त्रालयको समेत जिम्मेवारी बहन गरेका सामाजिक विकास मन्त्री घिमिरेको सम्मानमा प्याब्सन मोरङले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री घिमिरेले निजि विद्यालयको वर्गीकरण, सरकारी र निजि विद्यालयको अन्तर र अन्तरविरोध कम गर्नुपर्नेमा जोड दिए । मन्त्री घिमिरलाई प्याब्सन मोरका अध्यक्ष सुनील पौडेलले दासला ओढाइ ताम्रपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन, प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले शिक्षा क्षेत्रलाई अंकुश लगाएर मुठीमा राख्ने नभई स्वतन्त्र रुपमा प्रतिष्पर्धा गर्ने वातावरण बनाईनु पर्नेमा जोड दिए । राज्यले बनाएका ऐन नियमकै परिधिभित्र रहेर सञ्चालनमा आएका निजी विद्यालयहरुको योगदान समेत उल्लेख्य रहेको भन्दै पुरीले शिक्षाकै लागि विदेशमा जाने पूँजीलाई रोक्न निजी क्षेत्रले सहयोग पु¥याएको जिकिर गरे । उनले देश तथा प्रदेशको आर्थिक समृद्दिको लागि निजी तथा सामुदायिक विद्यालय र उच्च  शिक्षामा समेत प्राविधिक विषयको अध्ययन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले दक्ष प्राविधिक जनशक्तिको उत्पादन आजको आवश्यकता रहेको औल्याउँदै स्कुलदेखि उच्च शिक्षासम्म नै गुणसतरीय प्राविधिक शिक्षा अध्ययनको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले निति तथा ऐन, कानून निर्माण गर्दा निजी क्षेत्रको उपस्थिती समेत राख्न माग गरे ।

कार्यक्रममा प्याव्सन मोरङकका बरिष्ठ सल्लाहकार केशवलाल सिंह सुवाल, प्याव्सन मोरङका अध्यक्ष सुनिल पौडेललगायतले निजि क्षेत्रलाई विभेद नहोस भन्ने आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर