खबर पूर्वाञ्चल
अनुदानको तेल न्यून गुणस्तरको पाइएपछि नेपाल खाद्य संस्थानले साबुन उद्योगलाई बिक्री गर्न पटक–पटक टेन्डर आह्वान गरेको थियो । तीन पटकसम्म टेन्डर आह्वान गरेर मूल्य घटाए पनि बिक्री नभएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । खान अयोग्य तेल साबुन बनाउन र बत्ती बाल्न प्रयोग हुन्छ ।
‘खान अयोग्य देखिएपछि साबुन बनाउन बिक्री खुल्ला गरेका थियौं,’ उनले भने, ‘दुई पटकसम्म मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन ।’ यो समाचर कारोबामा छ ।