AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रियसभा चुनावको शूरु, प्रदेश १ मा १ बजे सम्म ३ सय ३१ ले मतदान गरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७४, बुधबार १३:३६
3
Shares
प्रदेश १ मा मतदानका लागि लाममा बसेका मतदाताहरु । तस्वीर- पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
विराटनगर,२४ माघ / १ नम्बर प्रदेशमा राष्ट्रियसभाको निर्वाचन विराटनगरस्थित विरेन्द्र सभागृहमा भइरहेको छ ।

प्रदेश २ मा भने आठै जना सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् । ६ वटै प्रदेशमा आज बिहान १० बजेदेखि मतदान शुरु भएको र दिउँसो ३ बजे सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुनेछ । आजै मत परिणाम सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ ।

अहिले १ बजे सम्ममा प्रदेश १ मा ९३ प्रदेश सभा सदस्य मतदाता रहेकोमा ९१ मत , १ सय ३७ स्थानीय तहका २ सय ७४ समेत गरी ४११ जना जनप्रतिनिधिहरु रहेकोमा २ सय ४० मतदान खसेको मतदान अधिकृतले जनाएका छन् ।

प्रदेशसभामा संघीय लिम्बुवान मञ्चलका एक सांसद विष्णु तुम्बाहाम्फेले भने मतदान नगर्ने जानकारी प्राप्त भएको छ । यस्तै माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङले पनि अहिलेसम्म मतदान गर्न नआएको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए । राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना सांसद भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने २ जना सांसदका लागि निर्वाचन भएको हो ।

अपांगता भएका वा अल्पसंख्यकबाट बाम गठबन्धनका अगमप्रसाद बान्तवा राई र कांग्रेसका महेश जाजु, यस्तै दलितबाट बाम गठबन्धनका तर्फबाट खेम नेपाली र कांग्रेसका तर्फबाट विन विश्वकर्माले प्रतिस्पर्धा गर्दै छन् । बहुमतीय प्रणालीबाट निर्वाचित हुने भएको कारण गठबन्धनका दुवै उम्मेदवारले जित्ने आँकलन गरिएको छ । प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर