RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री आन्तरिक चुनावबाटै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७४, बुधबार ०७:२९
3
Shares
काठमाडौँ — एमालेले चुनावी प्रतिस्पर्धाबाटै प्रदेश सभा संसदीय दलको नेता छान्ने भएको छ । त्यसका लागि उसले कार्यविधिसमेत बनाएको छ । स्थायी समितिको मंगलबारको बैठकले दलको नेता चुन्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभा दललाई दिएको छ । एमालेको यो निर्णयअनुसार सातवटै प्रदेशमा दलको नेता सर्वसम्मत या चुनावमध्ये एउटा विधिबाट प्रदेश संसदीय दलबाट चुनिनेछन् ।
एमालेले राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै २४ माघपछि दलको बैठक राखेर नेता छान्न निर्देशन दिएको छ । दलको तर्फबाट प्रदेश सभामा निर्वाचित ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक आयोजना गर्ने, तीन सदस्यीय निर्वाचन कमिटी गठन गर्ने र दलको नेता चयन गर्ने स्थायी समितिले बनाएको कार्यविधिमा उल्लेख छ ।

मुख्यमन्त्रीको आकांक्षी नेता बन्ने दौडमा

प्रदेश सभा दलको नेता मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएकाले एमालेभित्र धेरै नेता आकांक्षी छन् । प्रदेश नम्बर ५ मा दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीको एकल उम्मेदवार बन्ने निश्चित देखिए पनि माओवादी केन्द्रसँगको बाँडफाँटपछि एमालेले नेतृत्व गर्ने प्रदेश १, ३ र ४ मा मुख्यमन्त्री बन्न संसदीय दलका नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।

प्रदेश १ मा सचिव तथा प्रदेश संयोजक भीम आचार्य र प्रदेश सहसंयोजक शेरधन राई, प्रदेश ३ मा उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरू पशुपति चौंलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानु श्रेष्ठलगायत दलको नेताको आकांक्षी छन् । पार्टीको उच्च तहको नेता, लैंगिक र जातीय सन्तुलनका कारण शाक्यलाई बनाउनुपर्ने दबाबमा नेतृत्व रहे पनि अन्य नेताहरूले पनि सशक्त दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

प्रदेश ४ मा सचिव पृथ्बीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीको नेतृत्व नपाए पनि प्रदेश २, ६ र ७ मा प्रदेश सभाको बैठकमार्फत एमालेले दलको नेता चयन गर्नेछ । २ मा प्रदेश संयोजक सत्यनारायण मण्डल, ६ मा पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र यमलाल कँडेल तथा ७ मा केन्द्रीय सदस्य प्रकाश शाह दलको नेताको मुख्य आकांक्षी छन् ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर