AArya
RUMPUM
animated ellipse animated ellipse

पहिलो अभ्यास खेलमा नेपाल विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७४, मंगलवार २०:३२
3
Shares
विराटनगर, १६ माघ /विश्व क्रिकेट लिग डिभिजन टूको तयारीमा रहेको नेपालले पहिलो अभ्यास खेलमा विजयी सुरुवात गरेको छ ।

नेपालले आज भएको अभ्यास खेलमा यूएईको ‘ए’ टिमलाई २५ रनले पराजित गरेको छ । यूएई भ्रमणमा रहेको आईसीसी ग्लोबल एमाडेमीमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९ दबमलब ३ बलमा सवै विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो । नेपालकालागि दिलीप नाथले ६१ रन, रोहित पौडेलले ४३ रन करन केसीले आक्राम ब्याटिङ गर्दै १६ बलमा ३५ रन जोडे । यूएईका श्रीरामकुमारले सर्वाधिक ३ विकेट लिए ।
जवाफमा २ सय ४७ रनको लक्ष्य पाएको यूएईले ४८ दशमलव ४ बलमा सवै विकेट गुमाएर २ सय २१ रन मात्र सिमित भयो ।

फहाद नवाज र चिराग सुरीले पहिलो विकेटका लागि ८७ रनको ठोस सुरुवात गरेका थिए तर, नवाज ३६ रनमा आउट भएपछि घरेलु टोलीले लगातार विकेट गुमायो । १ सय ११ रन जोड्दा ५ विकेट गुमाएको उसका निल लोबोले ५९ रनको पारी खेले । सुरीले ४५ रन बनाए भने अन्यले २० रन कटाउन सकेनन् ।

नेपालका कप्तान पारस खड्का एक्लैले ९ दशमलव ४ बलमा ३६ रन दिएर ५ विकेट लिए । दिपन्द्रसिंह ऐरीले ३ विकेट लिँदा ललित भण्डारी र करण केसीले १–१ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर