AArya
RUMPUM
animated ellipse animated ellipse

अस्पतालबाट कैदी भागे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७४, मंगलवार ०७:५०
3
Shares
विराटनगर,१६ माघ/ मोरङ कारागारमा सजाय भुक्तान गर्दै गरेका एक कैदी फरार भएका छन् । उपचारको बहानामा अस्पताल पुगेका उमेश चौधरी फरार भएका हुन् ।

उपचारमा लिएर गएका सप्तरी घर भएका प्रहरी हवल्दार अशोककुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कारागारबाट आँखाको उपचार गर्ने बहानामा सुरक्षासहित बाहिरिएका मोरङ उर्लाबारी– ७ का चौधरी उनको सुरक्षामा रहेका प्रहरीलाई झुक्याएर भागेका हुन् । विराट अस्पताल बाहिरबाट अपरिचित ब्यक्तिको मोटरसाइकलमा चढेर उनी फरार भएको स्रोतले बताएको छ । लागुऔषध मुद्दामा दुई वर्षदेखि जेलमा रहेका चौधरी कारागार आन्तरिक प्रशासनका नाइकेसमेत हुन् ।

लागुऔषध ब्राउन सुगरसहित पक्राउ परी २०७२ चैत २ गते ५ वर्ष जेल सजाय पाएका चौधरी भाग्ने योजनाका साथ
आँखा उपचारको बहानामा बाहिरिएको हुन सक्ने बुझिएको छ । उनी २०७७ चैत २ गते कानुनीरूपमा छुट्दै थिए । फरार भए पनि चौधरीले थप कैद सजायको सामना गर्नुपर्ने भएको छ । नाइकेले अन्य कैदीबन्दीभन्दा बढी सुविधा पाउने र सामान्य सुरक्षा हुने भएकाले चौधरी भाग्न सफल भएको स्रोतले बताएको छ । उद्घोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर