खबर पूर्वाञ्चल
गत वर्ष मिस विराटनगरको उपाधि जित्ने सिमन ढकाललाई आयोजकले पुरस्कार बापत दिनु पर्ने एक लाख रुपैंया नदिएपछि ठगीको आरोपमा उजुरी परेपछि अमित गुप्ता पक्राउ परेका थिए । ढकाललाई १५ दिन भित्रमा सो रकम तिर्ने लिखित सहमति भएपछि उनी छुटेका हुन् । ढकालका मामा श्याम खतिवडाले ठगि भएको जनाउंदै पीडकलाई कारवाही गर्ने निवेदन दिएकै दिन बुधबार गुप्ता पक्राउ परेका थिए ।
गुप्ताका बाबु र ढकालका मामा बीच लिखित सहमति भएपछि आरोपी छुटेको बताइएको छ । उद्घोष दैनिकमा खबर छ ।