AArya
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री मै – राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०७४, सोमबार ०८:०३
3
Shares
फाइल तस्वीर
विराटनगर । प्रदेशसभा सदस्य निर्वाचित भएको डेढ महिनापछि सपथग्रहण गरेका एमाले नेता शेरधन राईले प्रदेश मुख्यमन्त्रीमा आफ्नो प्रमुख दावेदारी रहेको बताएका छन् । पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहका राईले मुख्य मन्त्रीमा आफ्नो ससक्त दावेदारी रहेको बताएका हुन् ।

मुख्यमन्त्रीमा एमालेकै अर्का नेता भीम आचार्यले पनि दावेदारी प्रस्तुत गरेका छन् । एमाले प्रदेश नम्बर १ का संयोजक आचार्य र सहसंयोजक राई हुन् । दुवैले आफूलाई मुख्य मन्त्रीको दावेदार भएको बताउदै आएका छन् । ‘ मैले आफूलाई योग्य ठानेर दावेदारी प्रस्तुत गरिरहेको छु ।’ राईले भने ‘ मुख्यमन्त्रीकालागि म योग्य छु ।’

पार्टी भित्र छलफल गरेर मुख्यमन्त्रीको टुङगो लगाउने उनको भनाई छ । मैले प्रदेश सभा सदस्य उम्मेदवारी दिदा र निर्वाचित हुदा मुख्यमन्त्रीको भनेर दिइएको थियो ।’ उनले भने ‘ मैले आफ्नो दावेदारी शसक्त रुपमा राखेको छु ।’

उनले पार्टीका संसदको बैठक बसेर सबै टुङगो लगाउने बताए । ‘निर्वाचनमा गठबन्धन बनाएर गएको पार्टीस“ग पनि समन्वय गर्ने बताउदै उनले भने ‘गठबन्धन भित्र पछि छलफल ग पछि छलफल गर्छौ ’ औपचारिक रुपमा दलको बैठक बसेर संसदको विश्वासमा लिएर संसदिय दलको नेतामा आफ्नो उम्मेदवारी दिने बताए । त्यसपछि सदस्यको विश्वास जित्ने उनको भनाई छ ।
यो खवर उद्घोष दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर