प्रदेशको समृद्धि नै सांसदको एजेण्डा

खबर पूर्वाञ्चल, ७ माघ २०७४, आईतवार २०:०१
फाइल तस्वीर

विराटनगर, ७ माघ/ प्रदेश नम्बर १ को समृद्धि र विकासमा लाग्ने १ नम्बर प्रदेशसभाका सांसदले बताएका छन् । प्रदेशको सपथ ग्रहण सकिएपछि संचारकर्मीलाई प्रतिक्रया दिँदै सांसदहरुले संघीयताको वास्तविक कार्यान्वयन अब सुरु भएको र प्रदेशको समृद्धितिर ध्यान दिनुपर्नेमा जोड दिने बताएका हुन् ।

नेकपा एमालेका नेता तथा प्रदेशसभा सदस्य शेरधन राईले अब वास्तविक रूपमा संघीयताको कार्यान्वयन भएको प्रतिक्रिया दिए । उनले अब जनताले आफूहरुमार्फत देशको समृद्धि र विकास खोज्ने उनको भनाइ थियो ।

पाँचथरका सांसद इन्द्र आङ्बोले ढिलोगरी सपथग्रहण गराइए पनि जनताको अपेक्षा अनुसार अब अगाडि बढ्नुपर्ने बताउँछन् । चुनाबमा जनतासामु गरेको प्रतिबद्धता अनुसार काम गर्ने उनको भनाइ थियो ।

मोरङका सांसद जीवन घिमिरेले १ नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । ‘लोकतान्त्रिक आन्दोलन टुंगिएको छ,’ घिमिरेले भने, ‘संघीयताको भावना अनुसार अब प्रदेशलाई समृद्ध बनाउने हाम्रो प्राथमिक काम हुनुपर्दछ ।’

मोरङकै सांसद यशोदा अधिकारीले संविधानको कार्यान्वयन, राजनीतिक स्थायीत्व र देशलाई आर्थिक समृद्धि तिर लानुपर्नेमा जोड दिइन् । उनले युवाहरुको विदेश पलायनलाई पनि रोक्नुपर्नेमा ध्यान जानुपर्ने बताए । सुनसरीको सांसद सरस्वती पोखरेलले संघीयतामा गएसँगै संविधान कार्यान्वय गर्ने र १ नम्बर प्रदेशको समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

१ नम्बर प्रदेशमा ९३ जना सांसद छन् । एमालेका ५१, कांग्रेसका २१, माओवादी १६, संघीय समाजवादी फोरमका ३, राप्रपा र नेपाल लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना सांसद छन् ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५