AArya
RUMPUM
animated ellipse animated ellipse

राजधानी घोषणाले विराटनगरमा खुशियाली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ माघ २०७४, शुक्रबार ०७:३९
3
Shares
विराटनगर । सरकारले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी तोकेको खुशीयालीमा बिहीबार र्यालीको आयोजना गरियो । विराटनगर महानगरपालिकाको आह्वानमा बिहीबार सरकारको निर्णयको स्वागत गर्दै निकालिएको र्यालीपछि जनआन्दोलनचोकमा दीप प्रज्वलनसमेत गरियो ।

महानगरको कार्यालय अगाडिबाट शुरू भएको र्यालीमा मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित, शिवकुमार मण्डलसहित प्रदेशसभा सदस्य केदार कार्की, जयराम यादव, सावित्रा रेग्मीलगायतको सहभागिता रहेको थियो । यस्तै संघीय समाजवादी फोरम नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, बरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडा, महासचिव नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, नेपाल पत्रकार महासंघका मोरङ शाखा अध्यक्ष बन्धु पोखरेललगायतका विभिन्न संघ–संस्थाका प्रतिनिधि पनि र्यालीमा सहभागी भएका थिए ।

नागरिक समाज, राजनीतिक दल, उद्योगी व्यवसायीहरूले ऐतिहासिक नगर विराटनगरलाई नै राजधानी बनाउनु पर्ने माग गर्दै आएका थिए । सरकारको निर्णयसँगै विराटनगर महानगरपालिकाले तीनदिनसम्म दिप प्रज्वलन गर्नका लागि नगरबासीमा आग्रह गरेको छ ।
उद्घोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर