पूर्वाञ्चल खबर
आज पथरीशनिश्चरेको मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी घुम्ती उत्सव बुधबार सञ्चालन गरिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा ‘दोबाटो’ टेलिसिरियलका कलाकारहरु, प्राविधिकहरुले १ सय ५१ भाग सम्म आइपुग्दा हर्षित भएको बताए ।
उक्त टेलिसियलका निर्देशक हरेन्द्र खत्रीले भने–‘आज हामी धेरै हर्षित मोफसलबाट पनि हामीले यतिका दिनसम्म यो सिरियललाई दर्शक माझ ल्याउन सफल भयौं ।’ उनले थपे–‘हामीलाई केन्द्रबाट सिनियर कलाकारहरुले हौसला प्रदान गरिरहनुभएको छ । त्यसैले आगामी दिनमा सिरियललाई अझ बजबुत बनाएर लानेछौं ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव सन्तोष राई, प्रदेश पार्षद मोहन भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । घुम्ती उत्सव बुधबार पथरीशनिश्चरेको किर्तिपुर बजार, शनिश्चरे बजार र अन्त्यमा पथरीको जनआन्दोलन चौकमा आएर समापन गरिने कलाकार अभय पोखरेलले जानकारी दिए ।