AArya
RUMPUM
animated ellipse animated ellipse

एम.सी.सी. ‘ए’ क्रिकेटको फाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७४, आईतवार १८:४७
3
Shares
विराटनगर , १६ पुस /बी डिभिजन क्रिकेट प्रतियोगिताको फाइनलमा एम.सी.सी. ‘ए’ फाइनलमा प्रवेश गरेको छ ।

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको स्नाकोउत्तर क्याम्पसको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा एम.सी.सी.‘बी’ लाई २६ रनले पराजित गरी एस.सी.सी. ‘ए’ फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको एस.सी.सी. ‘ए’ ले आफ्नो सबै वीकेट गुमाएर ९३ रनको लक्ष्य दिएको थियो । एस.सी.सी. ‘ए’ का लागि लोमस निरौलाले ३७ रन, सिद्धान्त कटुवालले २१ रनको योगदान दिएका थिए । एस.सी.सी. ‘बी’ अजय शर्माले ६ वीकेट लिएका थिए । जबाफी ब्याटिङमा एस.सी.सी. ‘बी’ ६७ रनमा अलआफट भए ।

एस.सी.सी. ‘बी’ का लागि बालकृष्ट यादवले १९ र एम डी साहीले १३ रनको योगदान दिएका थिए ।

एस.सी.सी. ‘बी’ लाई हराउनका लागि एस.सी.सी. ‘ए’ का बलर दिपक पासवान र सुरज श्रेष्ठले ३÷३ वीकेट लिए । प्रतियोगिताको म्यान अफ द म्याच अजय शर्मा घोषित भए ।

प्रतियोगिताको सोमबारको अन्तिम सेमिफाइनल खेलमा बिनायक र बी.एन. एम. क्लबबिच प्रतिस्पर्धा हुने संयोजक दिपक पासवानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर