AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ जिल्लामा यस वर्ष ५६ बलात्कारका घटना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७४, बुधबार १८:४८
3
Shares
विराटनगर,१२ पुस / मोरङ जिल्लामा यस वर्ष ६५ वटा वलात्कार घटना घटेको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)पूर्वाञ्चलले आज विराटनगरमा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा सन् २०१७ को जनवरीदेखि २०१७ डिसेम्वरसम्मको घटना उल्लेख गरिएको हो ।

वलात्कारका उक्त घटनामा चार वर्षीया वालिकादेखि ६७ वर्षीया महिला पीडित भएकी छन् ।

यस्तै बलात्कारको प्रयासमा २१ घटनामा आठ वालिका सहित १३ महिला पीडित भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले वताइन् । सोही अवधिमा भएका अन्य घटनामा हत्याका ४, कुटपिट ३, अमानविय कार्य २, घरेलु हिंसा २१, वहुविवाह १३, मानवबेचविखन २, हत्या १ र दुव्र्यवहारका १ गरी जम्मा १२४ वटा घटनामा १ सय ३० जना पीडित भएको जनाइएको छ।

मोरङको उत्तरी तथा दक्षिण क्षेत्रमा जनचेतनाको कमी, अशिक्षाको कमीले उक्त घटना हुन पुगेको कार्यक्रममा सहभागीहरुले वताएका छन् ।
बलात्कारको घटनामा वालवालिका र वृद्धा पीडितहुनु र यस्ता कतिपय घटनामा घरपरिवारका सदस्यनै सहभागी हुनु चिन्ताको विषय भएको उनीहरुले वताए ।

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चलक निर्देशक मञ्जु खतिवडाले जिल्लामा हुने यस्ता घटना नियन्त्रणमा सामाजिक सघ संघस्थाको सहयोग आवश्यक रहेको छ भन्दै सम्वृद्ध समाजको निर्माण गर्ने कार्यमा आयोग सदैव तत्पर रहेको छ बताइन् ।
इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाले राज्यले यस्ता घटना नियन्त्रण गर्न गंभिर रुपले लिनु पर्नेमा जोड दिए।
कार्यक्रममा मोरङ जिल्लामा कार्यरत विभिन्न मानवअधिकार संघसंघका प्रतिनिधि, महिला तथा वालविकास कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरु र संचारकर्मीहरुले घटना सार्वजनिक गरी वालवाविवाह नियन्त्रण, जेष्ठ नागरिक हिंसा रोकथाम,महिला हिंसा एवंम सामाजिक सुरक्षा ,बतात्कारका घटना नियन्त्रणमा ठूलो भूमिका हुने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर