खबर पूर्वाञ्चल
विराटनगरमा रहेको ‘टच डान्स स्टुडियो’मा आवद्ध रहेर सातबर्षयता नृत्य गर्दै आएका मनिस छमछमीको उत्कृष्ठ ११ पर्ने मोरङका मात्र हुन् । आफ्नै प्रयासले उत्कृष्ठ ११मा परेका उनले माथिल्लो चरणमा पुग्न सर्बसाधरणको भोटको आवश्यक परेको छ ।
प्रतियोगिताको बिजेता बनाउन मनिसका साथीहरु सकृय भएका छन् । टच डान्स स्टुडियो मार्फत नृत्य प्रशिक्षण गराउदै आएका मनिस जिताउ अभियान सुरु गरिको छ । ‘ विराटनगरको सान मनिसलाई बिजयी बनाउन प्रचार प्रसार अभियानमा लागेका छौ ।’ टच डान्स स्टुडियोका सदस्य राज न्यौपाने भन्छन ‘ उसको सानै देखि नृत्यमा लगाब थियो ।’
नृत्य मार्फत समाज परिवर्तन गर्ने सोच राखेका मनिसलाई जिताउन भोट गर्न उनले आग्रह गरेका छन् । मनिसलाई भोट गर्न म्यासेज बक्समा सिसि स्पेस ०७ टाइप गरी ३४३४३ मा पठाउन सकिने न्यौपानले जानकारी दिएका छन् ।