AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एक हप्ताभित्र केन्द्रीय समितिको वैठक नवोलाए हस्ताक्षर अभियान संकलन गर्ने डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ पुष २०७४, शुक्रबार ११:५०
3
Shares
विराटनगर, ७ पुस / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रतिनिधि र प्रदेशसभामा पार्टीेले भोगेको पराजय र राष्ट्रसभामा उठेका विवादका विषयमा छलफल गर्न पार्टीले तत्काल केन्द्रीय समितिको वेठक वोलाउनु पर्ने वताए ।

नेपाल प्रेस युनियन मोरङको आयोजनामा विराटनगर स्थित कोइराला निवासमा आज संचारकर्मीहरुसंगको छलफल कार्यक्रममा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठकको बसाउनका लागि पनी केन्द्रीय समितिको वैठकको आवश्यक रहेको वताए ।
एक हप्ताभित्र केन्द्रीय समितिको वैठक नवोलाए हस्ताक्षर अभियान संकलन गर्न आफुहरु वाध्य हुने समेत उनले वताए ।

उनले अहिले पार्टीको संरचनालाई वलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनीक संरचना बनाउनु पर्ने विषयमा जोड दिँदै अव पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने वताए ।

पार्टीभित्रैबाट अन्तर्घात भएको कारण आपूm निर्वाचनमा पराजय भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नु पर्ने आवश्यकता औंल्याए ।

पत्रकारको जिज्ञासामा उनले नेपाली काँग्रेसले पाँच बर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रीत हुने स्पष्ट पारे ।

पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उनले भने, “आपूm राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वभाविक हो ।”

उनले वहुमतिय प्रणालीमा जाँदा संविधानले ग्यारन्टी गरेको समावेशी सिदान्त धरापमा पर्ने भएकाले राष्टपतीले राष्ट्रसभा सम्वन्धि अध्यादेशमा स्वीकृत प्रदान गर्नु पर्ने बताए । नेता कोइरालाले राष्ट्रपतीले राष्ट्रसभा सम्वन्धि विधेयकमा लालमोहर लगाएर नयाँ सरकार गठनका लागी वाटो खोल्नु पर्ने वताए ।

उनले संंविधानमा समावेशी समानुपातिका कुरा उल्लेख भएकाले राष्ट्रसभामापनी वहुमतिय प्रणालीमा नभई समावेशी र समानुपातिक प्रणाली अनुसार सदस्य चयन हुनुपर्ने वताए ।

उहाले नया सरकार गठन भएपछी राष्ट्रसभा समावेशी हुन नसक्ने भएकाले राष्टसभाको विषयलाई टुग्याएर सरकार गठनगर्दा उतम हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर