AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेशको राजधानीको लागी विराटनगर प्राथमिकतामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७४, बुधबार १९:२३
3
Shares
विराटनगर, ५ पुस/ प्रदेश राजधानी मुद्धा पेचिलो बन्दै गएको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १ नं प्रदेशको राजधानीका लागी विराटनगर उपयुक्त भएको बताएका छन् ।

राजधानी विराटनगर हुनु पर्ने माग सहित विराटनगरबाट पुगेको टोलीसँगको भेटमा प्रचण्डले प्रदेश नं १ को राजधानी बन्ने पहिलो हक विराटनगरलाई भएको बताएका हुन् । विराटनगर ऐतिहासिक ,राजनैतिक र विकासको हिसावले उपयुक्त रहेको प्रचण्डको भनाई छ ।

१ नं प्रदेशका प्रदेशसभा सदस्य केदार कार्की,विराटनगर महानगर पालीकाका मेयर भीम पराजुली ,माकेका युवा नेता तथा प्रचण्डका ज्वाई जीवन आचार्य,नेपाली कांग्रेस काठमान्डौ मोरङ सम्पर्क समितिका उपाध्यक्ष टायम कट्टेल, कांग्रेसका युवा नेता सानुवावु महर्जनलगायत प्रदेशको राजधानी विराटनगर हुनु पर्ने मागसहित आज प्रचण्डलाई भेट्न काठमाण्डौ पुगेका थिए ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले विराटनगर १ नम्बर प्रदेशको राजधानी हुने र पहिलो हक विराटनगरकै रहने धारणा व्यक्त गर्नु भएको विराटनगर महानगरका मेयर पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर