खबर पूर्वाञ्चल
विरामी हुँदा समेत खर्चको अभाव हुने हुँदा कलाकारहरुको सहयोगको लागि कोष स्थापना गर्नका लागि नाटक मञ्चन गर्न लागिएको हो । श्री विश्वेश्वरप्रसाद कोइरालाको कृतीमा आधरित उक्त नाटक पुस १४ र १५ गते मञ्चन हुने भएको हो । कल्याण कोषको स्थापना तथा नाटक मञ्चन बारे विराटनगरमा आज पत्रकार सम्मेलन गरी नाटकबाट संकलन भएको रकम कल्याण कोषमा राखिने जानकारी दिएको छ ।
इन्द्र परियारले निर्देशन गरेको नाटकमा स्थानिय कलाकार र गुरुकुलका कलाकाहरुको अभिनय गर्नेछन् । दुई दिनमा चार शो नाटक मन्चन हुने मोरङ कलाकार कल्याण कोषको सभापति निरज ब्यालकले जानकारी दिए ।
‘नाटकबाट संकलन भएको रकम कल्याण कोषमा राखिनेछ,’ उनले भने ‘ जिल्लाभरीका कलाकारहरुलाई गोलबद्ध बनाउन यस्तो कोष खडा गर्न लागेका हौं ।’ कोषका सभापति निरजका अनुसार मोफसलका कलाकारहरु बिरामी भए सहयोग गर्नुपरे सो कोषबाट प्रदान गरीने छ ।
कल्याण कोषलाई व्यवस्थीति र चुस्त दुरुष्त राख्न एउटा टिम समेत छुट्टै गठन गर्ने निरजको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै गायक रामा मण्डल, समाजसेवी कन्नुलाल चौधरी, गायक प्रवलदिप विश्वास, कलाकार पारस थापा, रामभजन कामतलगायले विमारी पर्दा कलाकाहरुको लागि यस्तो कोषको ठूलो भुमिका निभार्ह गर्ने बताए ।