AArya
RUMPUM
animated ellipse animated ellipse

परिवर्तन चाहने यूवाहरुले बामपन्थीको जितको लागि पर्नु पर्छ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०७४, शनिबार १९:०४
3
Shares
विराटनगर, १६ मंसिर / यूवासंघ र वाइसिएलको आयोजनामा आज विराटनगरमा संयुक्त बृहत वाम यूवा भेला आयोजना गरिएको छ ।

कार्यक्रममा बोल्दै परिवर्तन चाहने यूवाहरुले अब बामपन्थीको जितका लागि पर्न एमाले नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आग्रह गरे । उनले कांग्रेसले लामो समय देखि बिर्ताका रुपमा रुग्ढ बनाएको विराटनगरलाइमा लालकिल्ला गाड्दै समृद्ध महानगरपालिका बनाउन आफु लागि पर्ने बताए ।

कार्यक्रममा बोल्दै चार नम्बर क्षेत्र प्रदेश सभा २ का उम्मेदवार जिवन घिमिरे र ६ नम्बर क्षेत्र प्रदेशसभा २ का उम्मेदवार रमेश पोखरेलले विराटनगरको विकास बामपन्थी सरकारले मात्रै गर्न सक्ने भएकाले एक पटक बाम गठबन्धनका उम्मेदवारलाइ मतदान गरी विकास र समृद्धिको बाटो खोल्न आग्रह गरे ।

माओवादी केन्द्रकी नेतृ नमिता न्यौमानेले एक नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने कुरामा ढुक्क हुन आग्रह गर्दै अब एक नम्बर प्रदेशलाइ विकास र समृद्धिको बाटोमा लम्कीन कसैले रोक्न नसक्ने बताइन् ।
कार्यक्रममा एमाले मोरङका अध्यक्ष विनोद ढकाल र एमाले नेता गुरु बराल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर