AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रोकिएन उम्मेदवार माथीको आक्रमण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७४, बिहीबार १९:३९
3
Shares
विराटनगर/बुधवार उदयपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडीलक्षित गरी बम विस्फोट भयो । चुनावी प्रचारमा हिडेको गाडी बिष्फोटमा पदा हुदा सात जना घाइते भए । घाइते मध्ये उम्मेदवार कार्की सहित तीन जनाको अवस्था गम्भिर छ ।
….
मंगलवार बिहान मोरङ क्षेत्र नं ६ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितमाथी लक्षित गरी बम विस्फोट भयो । मोरङको बुढिगंगा–६ मा चुनावी अभियानमा हिडेका पण्डित माथी लक्षित गरी बम विस्फोट हुदा उनको चुनावी सभा केही बेर रोकियो ।
….
सोमवार विराटनगर महानगरपालिका – ४ मा सुतली बम फेला प¥यो । सोमवार नै गस्तीमा गएको प्रहरीले टोली मोरङको केरावारी गाउपालिकाबाट पाचवटा सकेटबम लुकाएर राखिएको बाकस नै भेटियो । त्यस्तै सोमवार साँझ झापा क्षेत्र नं ३ नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा कुकर बम विस्फोट भयो ।
….
ईटहरीको भलादमि टोलमा आज विहान बम विष्फोट भएको छ । कांग्रेसको सभालाई लक्षित गरी विष्फोटनमा परी चार जना घाइते भएका छन् ।

सभामा उपप्रधानमन्त्री विजय गच्छदारलगायत काँग्रेसका उम्मेदवारका श्रीमतीहरु, पूर्व सांसद कल्पना चौधरी, पर्यटन राज्यमन्त्री सुमित्रा विश्वास लगायतको उपस्थिती थियो ।

माथीका घटना दुईदिन यता प्रदेश सभा १ मा घटना हुन् । निर्वाचनको मुखमा उम्मेदवार लक्षित आक्रमण बढेपछि भोट माग्न हिडने उम्मेदवार र मतदाता त्रसित भएका छन् ।
प्रहरीले सुरक्षा ब्यावस्था मजवुत बनाएको बताएपनि दिनहुजसो उम्मेदवारमाथी हुने बम आक्रमणले मतदाता र निर्वाचन प्रचारमा हिडेका उम्मेदवार पनि त्रासमा छन् ।
विप्लप माओवादीका कार्यकर्तालाई बम पडकाएको आरोप लगाएपनि प्रहरीले आधिकारीक रुपम पुष्टी गरेको छैन् । प्रदेश नं १ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरिक्षक पशुपती उपाध्याय बिप्लप समुहस“गै अरु अपराधिक समुहपनि सकृय भएको हुन सक्ने बताउछन् ।

‘हिजोका घटनामा पक्राउ परेकाहरुमाथी अनुसन्धन गर्दा बिप्लपको संलग्नता हो भन्ने अवस्था छ ।’ उनी भन्छन ‘ तर अरु पनि अपराधिक समुह छन की भन्ने बिकल्प सहित अनुसन्धान गरीरहेका छौ ।’

निर्वाचन लक्षित उम्मेदवार माथी आक्रमण बढेपछि सर्तकता अपनाइएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालयहरुमार्फत उम्मेदवारको सुरक्षाकालाग प्रहरी परिचालन गरिएको उनले बताए । ‘ सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुले उम्मेदवारको सुरक्षा गरीरहेका छन् ’उनले भने ‘ उम्मेदवार सुरक्षाकालागि मैले सातवटै जिल्लालाई निर्देशन दिएको छु ।’
१४ वटा जिल्ला रहेको प्रदेश नं १ मा पहिलो चरण अन्रतगत सातवटा जिल्लालमा मंसिर १० गते नै चुनाव सम्पन्न भएको छ । दोस्रो चरण अन्तरगत मंसिर २१ गते निर्वाचन हुने सातवटा जिल्लाहरुका उम्मेदवारको सुरक्षाकालागि प्रहरी परिचालन गरिएको उपाध्यायले जानकारी दिए ।

दोस्रो चरण अन्तरगत प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, इलाम धनकुटा,उदयपुर, तेह्रथुममा निर्वाचन हुदैछ ।

‘सुरक्षा चुनौती बढयो’
प्रदेश प्रहरी प्रमुख उपाध्याय निर्वाचन मिति नजिकिएस“गै सुरक्षा चुनौती बढेको बताउछन् । पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि दोस्रो चरणको सुरक्षा रणनिति बनाइएको बताउदै उनले भने ‘ खुला सिमा भएकाले चुनौती बढी छ ।’
उनका अनुसार खुला सिमा, बिप्लप माओवादी समुह र अन्य अपराधिक समुहपनि प्रहरीको नोटिसमा छन् । त्यस बाहेक पहाडी जिल्लामा भौगोलिक कठिनाई र राजमार्ग मार्फत हुन सक्ने अपराधिक घटना पनि प्रहरीको चुनौतीको बिषय रहेको उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार सुरक्षा चुनाती बढेकाले केन्द्रको निर्देशन अनुसार जिल्लागत रुपमा सर्तकता अपनाइएको छ । उपाध्यायले सुरक्षा सर्तकता बढाएको बताएपनि उम्मेदवार माथी हुने आक्रमण राकिएको छैन् । तर उनी भने छिटफुट घटनाले गर्दा सुरक्षामाथी संका गर्न नहुने बताउछन् ।

‘बम खोज्दै घर र जंगल’
निर्वाचनमा बम आतंक नरोकिएपछि प्रहरीले घर खानतलासी अभियान सुरु गरेको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार उम्मेदवार सुरक्षा र निर्वाचन विरोधि गतिविधि क्रियाकलाप नियन्त्रणकालागि प्रहरीले घर र जंगल सर्च अभियानलाई अघि बढाएको हो ।

प्रहरीले गत सोमवार मोरङको केरावारी गाउपालिका–५ देवीझोडा जंगलमा बाकसमा लुकाएर राखेको अवस्थामा पाचवटा सकेट बम र ग्रिनेट पनि बरामद गरेको थियो । प्रहरी उपरीक्षक बिसिका अनुसार जंगलमा भेटिएको बम घरबाट ल्याएर फालिएको हुनसक्ने आशंकालागेपछि टोली नै बनाएर घर र जंगल सर्चको अभियान चलाइएको छ । ‘हामीले संका लागेको ठाउमा खोजी गरिरहेका छौ ।’ उनले भने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर