animated ellipse animated ellipse

छिमेकीसँग बराबरी हैसियत राख्नु पर्छ– अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ मंसिर २०७४, सोमबार १६:००
3
Shares
विराटनगरमा भएको पार्टी प्रवेश कार्यक्रममा सम्बोदन गर्दै एमाले अध्यक्ष ओली ।तस्वीर-पसष्पराज थपलीया /खवर पूर्वाञ्चल
विराटनगर, ४ मंसिर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग लत्रिन आवश्यक नरहेको बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागि स्थानीयहरु

कांग्रेसले घुँडा टेकेर कुरा गरेर भारतको आनीबानी विगारेकै कारण नाकाबन्दी लागेको समेत उनको आरोप छ । आज मोरङ ४ को विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीसँग बराबरी हैसियतमा सम्वन्ध राख्नु पर्ने बताए ।

कांग्रेसले घुँडा टेकीटेकी भारतको आनीबानी विगारेकै कारण नाकाबन्दी लागेको उनको आरोप । ओलीले कम्युनिष्टको सरकार बने लोकतन्त्र धरापमा पर्ने कांग्रेस नेताहरुको दाबी झुटो प्रचार भएको बताउँदै आफू लोकतन्त्रका लागि लडिरहँदा देउवा लण्डनका गल्तीहरुमा पाउरोटीमा जाम लगाइरहेको टिप्पणी गरे ।

कार्यक्रममा माके मोरङका सम्योजक गोपी आछामी, मोरङ ४ का प्रतिनिधी सभाका माकेका उम्मेद्वार अमनलाल मोदी, मोरङ ४ ख प्रदेशसभाका उम्मेद्वार जीवन घिमिरे, एमाले मोरङका अध्यक्ष विनोद ढकाल, एमाले प्रवेश गरेका भीम राजवंशी र उमेश गिरीलगायतले सम्बोदन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर