खबर पूर्वाञ्चल
आज कलेजमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई पुरस्कार गरिएको हो । व्यवस्थान संकाय कक्षा ११ मा सुनील पाण्डे प्रथम, तुलसा दाहाल द्धितृय र सुमित पूर्वे तृतीय भए भने कक्षा १२ का सोनु रौनियार, प्रथम, आइमान जहान द्धितीय र कामना बोहरा तृतीय भएका छन् । त्यस्तै विज्ञान संकाय कक्षा ११ मा उत्सव खरेल प्रथम, गंगोत्री साह द्धितीय र प्रिया खडका तृतीय भए भने कक्षा १२ मा रोश्ना खडका प्रथम, मयंक वर्मा द्धितीय र प्रकाल दाहाल तृतिय भएका थिए ।
उनीहरुलाई विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुली र कलेजका प्रिन्सिीपल ज्ञानबहादुर खडकालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।