AArya
RUMPUM
animated ellipse animated ellipse

फुसको घरमा च्यादर ,घर घरमा रोजगार मिल्छ- डा.कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०७४, शुक्रबार २०:२७
3
Shares
विराटनगर २४ कार्तिक / मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला चुनावी कार्यक्रममा होमिएका छन् ।

आज बुढिगंगा गाउँपालिका स्थित विभिन्न स्थानमा भएका चुनावी अभियानमा कोइराला सहभागी भए । राजनीतिको राजधानी रहेको विराटनगरको पूरानो साख फर्काउने , प्रदेश १ को राजधानी विराटनगरलाई बनाउने , फुसको घर भएकालाई पाँच वर्षभित्र जस्तापाताले विस्थापित गर्ने साथै पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्ने लगायतका कार्यक्रमहरुलाई कोइरालाले चुनावी एजेण्डा बनाएका छन् । उनी जनताको घरदैलोमा पुगेर जनताको पिरमर्कामा मलहम लगाउने कार्यमा सक्रिय बनेका छन् ।

डा. कोइरालाले संविधान संशोधनमार्फत मधेशी जनता, महिला, पिछडा वर्गको राजनीतिक अधिकारका साथै आर्थिक समृद्धि गर्ने बताए । उनले लोकतन्त्र ,प्रजातन्त्र जोगाउनु अब जनता सचेत हुन आबश्यक रहेको औल्याए । यस्तै मोरङ क्षेत्र न १ का प्रदेशसभा उमेद्वार चुमनारायण तबदारले सडकको कालोपत्रे गर्ने, खानेपानी व्यवस्था मिलाउने , नाला ढल निर्माणलाई व्यवस्थित गर्नेलगायतका कार्यहरु एकवर्षभित्रै सुभारम्भ गर्ने प्रतिबद्धता जनाएका छन् । उनले लोकतान्त्रीक मूल्य मान्यतानै विश्वमा मान्य सिद्धान्त भएकाले लोकतन्त्रपक्षलाई विजयी बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर