खबर पूर्वाञ्चल
मतदान अधिकृत तथा मतगणना अधिकृतहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउन निकै जटिल भएकाले सबैलाइ गम्भीर भएर काम गर्न आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै निर्वाचन आयोगका उपसचिव विशकसेन ढकालले तिन वटा मतपत्रको व्यवस्था भएपछि निर्वाचन निकै जटिल बनेको बताए । दुई वटा मतपत्रबाट तीन वटामा जानु पर्दा मतदाता सामाग्री नष्ट गर्नु परेकाले अहिले मतदाता शिक्षा कार्यक्रम गर्न ढिलाइ भएको उनले बताए ।
त्यस्तै दुइ पटकमा मतदान गर्दा हुनेमा अहिले तीन पटक गर्नुपर्ने, मत पेटिका व्यवस्थापन, छुट्टा छुट्टै मत गणना लगायतका धेरै जटिलताहरु थपिएकाले निकै धैरर्यता तथा गम्भीरताका साथ काम गर्नुपर्ने उहाले बताए । दुई दिने तालिममा दुई नम्बर प्रदेशको सप्तरी सहित एक नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा,भोजपुर, उदयपुर गरी १२ वटा
जिल्लाका ६१ जना निर्वाचन अधिकृतहरुको सभागिता रहेको छ ।