खबर पूर्वाञ्चल
एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा कार्यालयको एमाले पोलिटव्युरो सदस्य लालबाबु पण्डितले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, माओवादी केन्द्रका मोरङ संयोजक गोपी आछामी, यूवा संघकाका केन्द्रीय सचिव पर्शुराम वस्नेतलगायतको उपस्थिति रहेको थियो ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा दुवै यूवक संगठनले संयुक्त रुपमा प्रचार प्रसार गर्ने बताएका छन् । निर्वाचनका लागि यूवा संघ मोरङका अध्यक्ष मुकेश वुढाथोकीको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
यसअघि दुवै संगठनको संयुक्त बैठक माओवादी केन्द्रको पार्टी कार्यालय तीनपैनीमा बसेको थियो । मोरङमा यूवा संघ र वाईसीएल संयुक्त बैठक गरि निर्वाचनमा खटिने पहिलो भातृ संगठन बनेको छ ।
तपाईको प्रतिक्रिया