AArya
RUMPUM
animated ellipse animated ellipse

हरकपुर आगलागी प्रकरण, चारजनाको मृत्यु अझै रहस्यमय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ आश्विन २०७४, आईतवार २०:२२
3
Shares
विनु तिम्सीना
कानेपोखरी, २९ असोज तीनसाता अघि मोरङको कानेपोखरी गाउँपालिका ३ हरकपुरमा एकै परिवारका चार जनालाई खरानी बनाउने गरि भएको आगलागीको घटनाको रहस्य अझै पत्ता लागेको छैन् । चार जनाको ज्यान जानेगरी भएको घटना नियोजित भएको भन्दै आफन्तले प्रहरीलाई अनुसन्धान गर्न दवाव दिएपनि प्रहरीले अझै घटनाको रहस्य पत्ता लगाउन सककेको छैन् ।

चन्द्रकुमार राईको जलेको घरको अवस्था

पूर्वपश्चिम राजमार्गबाट १० किलोमिटर दक्षिणमा रहेको हरकपुरबासी चन्द्रकुमार राई सहित उनका श्रीमती, आमा र बहिनीको मृत्यु भएको थियो । परिवारका सबैको शव जलेर विभत्स अवस्थामा भेटिएको थियो । गत असोज ५ गते भएको घटनामो अनुसन्धनमा प्रहरीले चासो नदेखाएको आफन्तहरुले गुनासो गरेका छन् । आज पत्रकार सम्मेलन गरी मृतकका दाजु राजकुमारले प्रहरीले अनुसन्धानमा आलटाल गरेको बताए । उनले आगलागीको घटना नियोजित भएको भन्दै चाँडो अनुसन्धान टुँग्याउन माग गरे ।

पीडितका आफन्तले घटना भबितव्य आगलागी नभएर कर्तव्य ज्यान अपराधको भएको प्रशस्त शंकाहरु फेला परेको भन्दै चाँडो अनुसन्धान टुग्याउन माग गरेका हुन । उनीहरु सबैले आगालागीको घटना रहस्यम देखिएको भन्दै सुक्ष्म अनुसन्धान गरि चाँडो टुँग्याउन माग गरे ।

मृतक चन्द्रका आफन्तहरुले प्रहरी र केही छरछिमेकीहरुले भने जस्तो बिजुली सर्ट भएर आगालागी नभएको बताउँदै यो नियोजित घटनाको प्रहरीले चाँडो अनुसन्धान सक्न माग गरे ।

आफन्तजनले कसैले खानामा बिष मिसाएर ख्वाई परिवारका सदस्यको हत्या गरेको र त्यसपछि नियोजित रुपले आगजनी गरेको आशंका लिएका छन । पेयपर्दाथ समेत बिक्रि गर्ने गरेकोले खानेपिउने बहानमा आएका मानिशहरुको समुहले चन्द्रकुमारको पहिले हत्या गरि पछि अरुको पनि हत्या गरेर आगजनी गरि प्रमाण मेटाएको हुनसक्ने आफन्तहरुको आशंका छन ।

२० बर्ष पुरानो सेन्टर बेरा गरेर बनाइएको घरको भित्ता एक लाती हान्दा भत्किन सक्ने तर आगलागि भएर जलिरहदा चार जना मध्ये एक जना पनि भाग्न नसक्नुमा घटना सुनियोजित तरिकाले गराइएको मृतककी बहिनी इन्दिरा बताउछिन् । एका तर्फबाट आगो लाग्दा जल्दै जल्दै अर्काे भाग तर्फ जानु पर्नेमा मृतक चन्द्रकुमारको घरमा भने चारै तिर एकै पटक दनदनी आगो लाग्नु शंकास्पद देखिएको उनिहरुको दावी छ ।

मृतकका आफन्तहरुले अरुले भनेजस्तो घरमा रड प्रयोग नगरिएको , चावी लगाएर सुत्ने नगरिएको , अलग अलग कोठमा सुतेकाहरु आगालागीपछि भाग्ने ठाउँ प्रशस्त भएपनि नभागेको र आगोले जलाउँदा चिच्चाएर आवाज ननिकालेको , आगजानी भएको ठाउँमा पुरिएको चामल भित्र आलो रगत भेटिएको र मृतकहरुको नातागोता र छरछिमेकहरुसँग कुनै शत्रुता नरहेको , मृतक चन्द्रबहादुरको शव घोप्टो परेको अबस्थामा बोराभित्र फेला परेको , लगाएको टोपी नचलेको पाइएको , भुइतलाको खानेपिउने कोठाको ढोका अगाडी भेटिएको ईत्यादी अनेक कारणहरुले घटना नियोजित भएको हुन सक्ने दावी गरेका छन ।

यता इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक राजन कार्कीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए । घटनाको विभिन्न पक्षको अनुसन्धान गर्दा घटना शंकास्पद नै देखिएपनि अहिले यसै भन्न नसकिने उनले बताए ।

सिँगो गाउँलाई नै शोकमग्न बनाउने गरि घटनास्थापनाका दिन भएको उक्त्त बिभत्स आगालागीमा परेर घरमा सुतेका सदस्यहरु घरधनी किराना पसले ५६ बर्षिय चन्द्रकुमार राई, उनकी ८६ बर्षिया आमा गंगामाया ,४९ बर्षिया श्रीमती पार्वता राई र ४६ बर्षिया बहिनी बिष्णुमाया घरभित्रै जलेको अवस्थामा फेला परेका थिए ।

खरानी भएको तीन तले काठको घरसँगै सुतिरहेका चार जना सदस्य जलेर खरानी भएपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि प्रहरीले खरानी खोस्रेर परिवारका सदस्यको जलेको शवका टुक्रा संकलन गरेर शनाखत गरि शव परिक्षणकालागि पठाएको थियो । मृतक चन्द्रबहादुरका छोरा राजकुमार र छोरी रचना काठमाण्डौमा बसेर पढने भएकोले उनीहरु जोगिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर