खबर पूर्वाञ्चल
योजना अन्तरगत आज विराटनगर १ मा महिला तथा वालवालिका हिंसा र अपराध विरुद्धको समुहले सचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा समितिले महिला तथा वालवालिका माथि कस्ता क्रियाकलाप भए हिसा, अपराध हुन्छ ? कसरी उजुरी गर्ने लगायतका विषयमा जानकारी गराएको थियो ।
समितिमा रहेका महिला, वालवालिकाको अधिकारमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय÷संस्थाहरु, पत्रकार महासंघले हिसा न्युनिकरणमा कसरी भुमिका निर्वाह गरीरहेका छन र ति कार्यालय संग कसरी सम्बन्ध बढाउने जस्ता विषयमा जानकारी गराइएको छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले महिलहरुलाई हिसा पीडित भए उजुरी गर्न आग्रह गर्दै सुरक्षा योजना सफल बनाउन जनताको पनि सहयोग चाहिने बताए । विराटनगर वार्ड नम्बर १ का बडा अध्यक्ष उद्धब अर्याल, महिला तथा वालवालिका कार्यालय मोरङ प्रमुख दुर्गा बराललगायत अन्य संघसस्थाका प्रतिनिधीहरुले बोलेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङको महिला तथा बालबालिका केन्द्रका प्रमख तथा यस अभियानका संयोजक जमुनाकुमारी बस्नेतले महिला तथा बालबालिका बिरुद्ध हुने घटनाको प्रकृति, समाजिक तथा सांस्कृतिक कठिनाई,कानूनी प्रकृया तथा त्यस्ता प्रकृतिका घटना नियन्त्रणका लागी जिल्ला प्रहरी कार्यालय मोरङले गरेको योजमा तथा कार्यक्रमकाो बारेमा जानकारी गराइन् ।