RUMPUM
animated ellipse animated ellipse

मोरङमा अठार जुवाडे पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७४, शुक्रबार २०:३०
3
Shares
विराटनगर, १३ असोज / मोरङको सिजुवा र हरैचाबाट १८ जना जुवाडे पक्राउ परेका छन् ।

रतुवामाई नगरपालिका ८ गुरुङ चौक स्थित गणेश कार्कीको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले कौडा खेल्दै गरेको अवस्थामा आठ जनालाई दुई सेट कौडाको गोटीसहित नियन्त्रणमा लिएको हो ।

जुवाको खालबाट नगद ७० हजार १ सय ३५ रुपैया समेत बरामद भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । यसै गरी सुन्दर–हरैचा नगरपालिका १० त्रिवेणी चोक स्थित योगेन्द्र श्रेष्ठको घरबाट तास खेल्दै गरेका १० जना पक्राउ परेका छन । उनीहरुलाई इलाका प्रहरी कार्यालय हरैचाको टोलीले नगद ७२ हजार ६ सय ५० रुपैया तथा चार बुक ताससहित पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर