animated ellipse animated ellipse

भेषराज र मनमायाले लिएर आए “दशैँ तिहार आयो गाउँमा ” गित – (भिडीयो सहित)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० भाद्र २०७४, शुक्रबार २१:१२
3
Shares
विराटनगर, ३० भदौ/ नेपाली सांगीतिक जगतकामा साधनारत नव गायक गायिकाहरुको स्वरमा नयाँ गित बजारमा दशैँ लाई लक्षित गरेर आउने क्रम जारी रहेको छ । यसै क्रममा गायक भेषराज भण्डारी र गायिका मनमाया श्रेष्ठको सुमधुर स्वरमा “दशैँ तिहार आयो गाउँमा ” बोलको गित बजारमा आइपुगेको छ ।

दशै जस्तो नेपालीहरुको महान पर्वमा आफनो परिवार सगँ मनाउन नपाउने परदेशी छोरा र श्रीमतिलाई पिर नमान्न आग्रह गदै गित मार्फत व्यक्त गरिएको छ । गाउँ घरमा दशैको मौका मा हुने झिलीमिलि भएको बेला आफनो छोरो नहुदाँ पिडालाई गिती सम्बाद माफत कलात्मक रुपमा समेटिएको छ ।

“दशैँ तिहार आयो गाउँमा ” भिडियोको छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादन अबिनास डिसिले गरेका छन् । भिडीयोलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन भने भौरव कालिका म्युजिक प्रा ली मार्फत बजारमा ल्याइएको छ ।

“दशैँ तिहार आयो गाउँमा ” गितको भिडियोमा रमा थपलिया , विमल अधिकारी , अनिषा श्रेष्ठ र खेमको अभिनय रहेको छ । आम दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ वन्न सक्ने गायक भेषराजले बताएका छन । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर