पूर्वाञ्चल खबर
नेपाली चलचित्र छक्कापञ्जा–२ को समन्वयमा विराटनगर महानगरपालिकाले आज विराटनगरका ५० परिवारलाई राहत वितरण गरिएको हो ।
सो क्रममा विराटनगरको वडा नम्बर १, १२ र १४ नम्बर वडाका बाढीपीडित परिवारलाइ कर्कतपाता उपलब्ध गराइएको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली चलचित्रकर्मी दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरे लगायतले पीडित परिवारलाई जस्तापाता हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै अभिनेत्री निरौलाले छक्कापञ्जा युनिटको पहलमा विभिन्न दाताबाट संकलन भएको रकमबाट पीडित परिवारलाई राहत उपलब्ध गराइएको बताइन् ।
महानगरपालिकाका मेयर पराजुलीले कलाकारहरुको टीमले विराटनगरका ५० परिवारसहित विराटनगरकै सयपत्री स्कुल र रतुवामाई नगरपालिकाका बाढीपीडित २६ सन्थाल परिवारलाई समेत कर्कटपाता उपलब्ध गराइएको जानकारी गराइएको थियो