खबर पूर्वाञ्चल
विराटनगरबाट प्रकाशित तथा प्रसारण हुँदै आएको संचारमाध्यमको व्यवसायिक विकासका लागी महासंघले सुझाव महानगरपालिकालाई आज बिहीबार दिएको हो ।
पत्रकार महासंघका मोरङ अध्यक्ष वन्धु पोखरेलद्धारा महानगरपालिकाका मेयर भिम पराजुलीलाई सुझाब पत्र बुझाएका थिए ।
सुझाब पत्रमा पत्रकारहरुका स्वास्थ्य उपचारकालागी उपचार कोष स्थापना, नगरविकास पत्रकारिताको कोषको रकम वृद्धि लगायत महानगरपाकिाले स्थानिय पत्रपत्रिकालाई दिदै आएको मासिक सेवा सुविधा वृद्धिगर्नुपर्ने सुझाव दिएको छ ।
यसैगरी टेलिभिजन तथा अनलाईन पत्रिकालाई सेवा सुविधा दिनु पर्ने, लोक कल्याणकारी तथा समानुपातिक विज्ञापनको माग, मिडिया प्रोत्साहन अनुदानको व्यवस्था तथा समग्र मिडियाको विकासका लागी महानगरपालिकाले छुट्टै संयन्त्रण निमार्ण गर्नुपर्ने सुझाव दिएको छ ।
ज्ञापनपत्र वुझदै मेयर पराजुलीले महासंघले दिएको सुझाव र सल्लाहलाई आफुले गंभिरताका साथ संवोधन गर्नेमा जोड दिए । महासंघले दैनिक, साप्ताहिक, एफएम रेडियो, टेलिभिजनको विकासका लागी पत्रकार विवेक गौतमको संयोजकत्वमा सुझाव समिति गठन गरेर सुझाव तयार पारेको हो ।
सुझाव महानगरपालिको परिषदमा लगेर संवोधन गरिने मेयर पराजुलीले बताए । विराटनरगर महानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले विराटनगरको समस्यालाई संचारकर्मीले उजागर गरेकै कारण महानगरपालिकालाई कामगर्न सहज भएको वताए ।
विराटनगरमा अहिले दैनिक पत्रिका ४ , साप्ताहिक १७ , एफ एम रेडियो १०, टिभी एक र ६ वटा अनलाईन पत्रिका सञ्चालनमा रहेको नेपाल पत्रकार महासंघ मोरङ शाखाको सचिब अर्जुन आचार्यले जानकारी दिए ।