AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेडमा ट्राफ्रिक सचेतना मुलक कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०७४, बिहीबार १४:५३
3
Shares
विराटनगर, २२ भदौ / सामुदायिक सेवा केन्द्र हाटखोला विराटनगरको आयोजनामा विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कूलमा ट्राफ्रिक सचेतना मुलक कार्यक्रम भएको छ ।

विद्यार्थीहरुलाई ट्राफ्रिक नियमको बारेमा जानकारी दिने उद्देश्यले आज स्कूलका परिसरमा ट्राफ्रिक सचेतना मुलक कार्यक्रम भएको हो ।

कक्षा ८, ९ र १० कक्षा विद्यार्थीहरुको सहभागि रहेको सचेतना मुलक कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख मदन गिरीले गरेका थिए । ट्राफ्रिक प्रमुख गिरीले ट्राफिक नियमदेखि, सवारी चलाउँदा पालना गर्नु पर्ने नियम, ट्राफिक चिन्हको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

सामुदायिक सेवा केन्द्र हाटखोलका अध्यक्ष रविन नगरकोटीले सवारी दुर्घटना परि ज्यान जानेको संख्या वृद्धी भएको हुनाले न्युनिकरण गर्न विद्यार्थीहरुलाई ट्राफिक नियमको जानकारी गराएको बताए । ‘किशोर अवस्थादेखि नै ट्राफ्रिक नियमको बारेमा जानकारी दिए दुर्घटना कम हुन्छ,’ उनले भने,‘त्यही अनुसार विद्यार्थी लेबलदेखि ट्राफिक नियमको बारेमा जानकारी गराएका हौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर