पूर्वाञ्चल खबर
विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङमामा १८ महिना रहदासम्म सफलता पूर्वक कार्यकाल पुरा गरेको भन्दै मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीलाई युवा संघ नेपाल मोरङले सम्मान तथा विदाई गरेको छ । मोरङ प्रहरीको कार्यालय परिसरम एक कार्यक्रम आयोजना गरि सम्मान तथा विदाई कार्यक्रम गरिएको हो ।
मोरङबाट सशस्त्र प्रहरी गण मुका नक्साल सरूवा भएका भण्डारीलाई यूवा संघ नेपाल मोरङका अध्यक्ष मुकेश बुढाथोकीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै बुढाथोकीले कुशल नेतृत्वको प्रशंसा गर्दै सफल कार्यकालको बधाई दिदै आगामी ब्यक्तिगत र ब्यवसायिक जीवनको उत्तरोतर प्रगतीको शुभकामना दिए ।