विराटनगर, २० साउन । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित कक्षा १२ को बिज्ञान संकायको परीक्षाफलमा विराटनगर–५ मा रहेको एभरेष्ट उच्च माविले उत्कृष्ट नतिजा ल्याएको छ ।
एभरेष्ट कलेजले पहिलो वर्षमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । कक्षा–१२बिज्ञान संकायमा ८२ जना विद्यार्थी मध्ये ५९ जना विद्यार्थी विशिष्ट श्रेणीसहित सत प्रतिशत विद्यार्थी उतीर्ण भई पूर्वाञ्चलमा उत्कृष्ट रिजल्ट ल्याएको कलेजका सस्थापक प्रिन्सिपल टिकाराम पुरीको दावी छ ।