खबर पूर्वाञ्चल
१९ श्रावण २०७४, बिहीबार १४:२३
कानेपोखरी, १९ साउन ÷ सुकुम्बासी बसोबास गरेको स्थानमा जोतभोगको आधारमा धनिपूर्जा दिनु पर्ने माग राख्दै मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुखलाई स्थानिय राजनैतिक दलका नेताहरुले ज्ञापनपत्र बुझाएका छन् ।
वर्षौ देखि जोतभोग गरि बसोबास गर्दै आएका स्थानियले हालसम्म धनिपूर्जा नपाएको हुनाले बसोबास र जोतभोगको आधरमा धनिपूर्जा दिनु पर्ने लगायतको विभिन्न माग राख्दै आज कानेपोखरी गाउँपालिकाको प्रमुख ताराबहादुर काफ्लेलाई ज्ञापनपत्र बुझाएका हुन् ।
कानेपोखरी गाउँपालिकमा करिब दुई हजारको संख्यामा सुकुम्बासी वर्षौदेखि बसोबास गर्दै आएको बताइएको छ । ‘यतिका वर्ष जोतभोग गर्दै आएका सुम्कुबासीले अझै धनिपूर्जा पाएका छैनन्, ज्ञापन पत्र बुझाउदै संघीय लिम्बुवान पार्टी नेपालको नेता बिवेक लिम्बुले भने, ‘गाउँपालिका प्रमुखले सुकुम्बासीको समस्या सावधान गर्न पहल गर्नु पर्दछ ।’
उनीहरुले विकास निमार्णदेखि सञ्चार क्षेत्रको विकास निमार्णको गतिलाई तिव्रता दिनुपर्नेलगायतको माग राख्दै ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीयसमाजवादी पार्टी नेपाल, संघीय समाजवादी फोरम, राप्रपा, नयाँ शक्ती पार्टीलगायतको स्थानिय नेताहरुले कानेपोखरी गाउँपालिकाको प्रमुख काफ्लेलाई बुझाएका थिए ।
यता ज्ञापनपत्र बुझदै गाउँपालिका प्रमुख काफ्लले सुकुम्बासीको समस्या सावधान गर्न विशेष पहल गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?